सोलुखुम्बुमा कोरोनाको कहर ; संक्रमितको संख्या ६ सय ९५ पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १६

१६ जेठ। सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या ६९५ पुगेको छ ।

स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको अनुसार आईतबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ६ सय ९५ पुगेको हो।

यसमध्ये लिखुपिके गाउँपालिकामा २ जना, सोलुदुधकुण्ड नगरपालिकामा ४ जना, र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ४ जना रहेका छन् ।

कोरोना संक्रमणका कारण जिल्लामा ६ जनाको ज्यान गएको छ भने ११८ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुको तथ्यांकमा उल्लेख गरिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *