सुदूरपश्चिममा गर्न लागेको कांग्रेसको अन्तरक्रिया स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ८

काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा गर्ने भनिएको अन्तरक्रिया स्थगित भएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिने भनिएको सदस्यता अद्यावधिक सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जरूरी कार्यक्रम परेका कारण अन्तरक्रियात्मक कार्यक्रम स्थगित गरिएको बताए ।

संस्थापन इतर समूहले सदस्यता अद्यावधिक नगर्ने अडान लिइरहेका बेला महामन्त्री प्रदीप पौडेल संयोजकत्वको समितिले यसअघि ११ जेठमा अन्तरक्रियात्मक कार्यक्रम गरिने बताइएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *