काठमाण्डौँ । कोशी लोकमार्गमा पर्ने धनकुटाको साँगुरीगढी गाउपालिका–९ स्थित पाँचगोलाइमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
आइतबार राति करिब २ बजे प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनि ट्रक अनियन्त्रित भई सडकबाट तल खस्दा सह–चालक उदयपुरको उदयपुरगढी गाउँपालिका–९ स्थित कुर्कुनटार बस्ने २६ वर्षीय नारायण खड्काको ज्यान गएको हो ।
गम्भीर घाइते खड्कालाई प्रहरीले उद्धारगरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याएको थियो । उनलाईलाई सोमबार बिहान चिकित्सकले मृत घोषणा गरेको हो । यस्तै चालक उदयपुरको रानिटार घर भएका अन्दाजी १९ वर्षीय दिनेश क्षेत्री गम्भीर घाइते भएका छन् ।
धनकुटाबाट सब्जी लिएर धरान जाँदै गरेको प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनि ट्रक अनियन्त्रित भई सडकदेखि अन्दाजी ३०० मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्