राजस्थानमा ट्रक दुर्घटना हुँदा नौ जनाको मृत्यु , ४० सवारीसाधन जले

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष ५

काठमाडौँ : भारतको पश्चिमी राज्य राजस्थानमा रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा नौ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा ३५ भन्दा बढी व्यक्ति घाइते भएका छन्। घटना जयपुर–अजमेर राजमार्गको भाङ्करोटा क्षेत्रको नजिक घटेको हो, जहाँ दुर्घटनास्थल वरपर केही पेट्रोल पम्पहरू पनि थिए।

घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ। एसएमएस मेडिकल कलेजका प्रिन्सिपल डा. दीपक महेश्वरीले जानकारी दिदैँ भनेका छन्, ‘लगभग २४–२५ जनालाई आईसीयूमा भर्ना गरिएको छ। यस घटनामा धेरै घाइते भएका छन्, र यो एक गम्भीर दुर्घटना हो।’ आगलागीका कारण ट्रक र निजी कारसहित करिब ४० सवारिसाधन जलेर नष्ट भएका छन्। आगो निभाउन दमकललाई निकै कठिनाइ परेको थियो।

महेश्वरीले बीबीसी हिन्दीसँग कुरा गर्दै यस दुर्घटनामा नौ जनाको मृत्यु भएको जानकारी गराए। घटनामा जलेका घाइतेहरूलाई जयपुरको सवाई मानसिंह अस्पतालमा भर्ना गरिएको छ। स्थानीय समयानुसार शुक्रबार बिहान करिब ६ बजे ग्यासले भरिएको ट्याङ्करमा विस्फोट भएको थियो। प्रारम्भिक जानकारी अनुसार, ट्रकसँग ठोक्किएपछि ट्याङ्कर विस्फोट भएको हाे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *