निर्वाचनसम्बन्धी दुई कानुन संशोधनलाई राष्ट्रपतिको स्वीकृति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १८

काठमाडौं, जेठ १८ — राष्ट्रपति रामचन्द्र पौडेलले संसद्बाट पारित भएका निर्वाचनसम्बन्धी दुई संशोधन विधेयकलाई प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ संविधानको धारा ११३(२) अनुसार प्रमाणीकरण गरिएको हो।

प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको सूचनामा राष्ट्रपतिबाट स्वीकृति पाएसँगै दुवै विधेयक कानुनी प्रक्रियामा अघि बढेको उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *