काठमाडौं, जेठ १८ — नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, क्यानेडियन डलरलगायत प्रमुख मुद्राको खरिद तथा बिक्री मूल्य अद्यावधिक गरिएको छ।
राष्ट्र बैंकले जारी गरेको विवरणमा अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा कायम गरिएको उल्लेख छ। त्यस्तै युरो, स्वीस फ्रयाङ्क, चिनियाँ युआन, जापानी येन, साउदी रियाल तथा कतारी रियालको विनिमयदर पनि निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। केन्द्रीय बैंकले आवश्यकताअनुसार विनिमयदर परिमार्जन हुन सक्ने जनाएको छ भने वाणिज्य बैंकहरूले लागू गर्ने दरमा केही भिन्नता हुन सक्ने स्पष्ट पारेको छ।
अद्यावधिक विनिमयदर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्