भिरबाट खसेर दुई जनाको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १८

बाजुरा, जेठ १८ — बाजुराको बडीमालिका नगरपालिकामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बडीमालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानी वनमा घाँस काट्ने क्रममा भिरबाट लडेर ज्यान गुमाएका हुन्। त्यस्तै, बडीमालिका–६ कोर्धकी ६ वर्षीया जसना खड्काको पनि घाँस काट्न गएका बेला भिरबाट चिप्लिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै घटनापछि स्थानीयमा शोक छाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *