|
२०८२ आश्विन २७
काठमाडौं – धनकुटा नगरपालिका–९ पाँचगोलाईमा ब्रेक फेल भएर एक मिनि ट्रक सडकबाट करिब ३०० मिटर तल खस्दा चालक र सहचालक गम्भीर घाइते भएका छन्।
दुर्घटना सोमबार बिहान २ बजे धनकुटाबाट मुलघाटतर्फ आउँदै गर्दा भएको हो।
घाइते उदयपुरका २६ वर्षीय चालक नारायण खड्का र २० वर्षीय सहचालक दिनेश कार्कीलाई सशस्त्र प्रहरी र स्थानीय प्रहरीको सहयोगमा उद्धार गरी बिहान ४:३० बजे जिल्ला अस्पताल धनकुटा पठाइएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्