|
२०८२ भाद्र २७
काठमाण्डौँ । जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको छ।
महाराजगञ्जस्थित महाराजगञ्ज मेडिकल क्याम्पसमा शव परीक्षण गरेर सम्बन्धित परिवारलाई शव बुझाउने काम भइरहेको छ ।
जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले बताएका छन् ।
प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना र प्रभाग कोटेश्वरमा कार्यरत एक जनाको मृत्यु पुष्टि भएको छ । प्रदर्शनकारीतर्फ प्रहरीको बल प्रयोगमा २१ जनाको मृत्यु भएको डीआईजी घिमिरेले बताएका छन् ।
यस्तै, प्रदर्शनको क्रममा आगजनीमा परेर, प्रदर्शनमा भागदौड हुँदा र करेन्ट लागेर १८ जनाको मृत्यु भएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्