|
२०८२ भाद्र २३
विराटनगर । जेनजी आन्दोलनको प्रभावका कारण विराटनगरमा मंगलबार र बुधबार दुई दिन विद्यालय बन्द रहने निर्णय भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए अनुसार, सरोकारवालाहरूको बैठकले मंगलबार (भोलि) र बुधबार विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
उनका अनुसार, सामान्य तहका विद्यालयहरू केवल मंगलबार बिदा रहने छन् भने प्लस टु तहका विद्यार्थीहरूको विद्यालय बुधबारसम्म बन्द रहनेछ।
जेनजी आन्दोलन उग्र बन्दै गएपछि प्याब्सन र हिसानले विद्यालय बन्दका लागि स्थानीय प्रशासनसँग पहल गरेका थिए। प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरीले पनि दुई दिन विद्यालय बन्द रहने पुष्टि गरेका छन्।
यो निर्णयले विद्यार्थीहरूलाई अस्थायी रूपमा विद्यालयमा उपस्थित हुन नपर्ने व्यवस्था मिलाइएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्