सरकारले हिउँदको सुरुवातमै काठमाण्डौंका सडक मर्मतको कामलाई तीव्रता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ८

काठमाण्डौँ । सरकारले यस पटक हिउँदमै काठमाण्डौंका सडक मर्मतको कामलाई तीव्रता दिएको छ ।

काठमाण्डौं सडक डिभिजन कार्यालयका अनुसार अहिले काठमाडौंको मुख्य सडकमा रहेका खाल्डाखुल्डी मर्मत र कालोपत्रे गर्ने कामलाई तीव्रता दिइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सुन्दर, सफा र सुरक्षित शहर निर्माणको लक्ष्यसहित काठमाडौं उपत्यकामा सडकको नियमित मर्मत सम्भार सुरु गरिएको जानकारी दिएका छन् ।

उनले सडक मर्मतको कामलाई नियमित र प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएका छन् । सरकारले हरेक वर्ष १० अर्ब रुपैयाँ हाराहारी बजेट सडक मर्मतमा छुट्याउने गर्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *