सडक डिभिजनले काठमाण्डौंका सडकमा खाल्डाखुल्डी पुर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ११

काठमाण्डौँ । काठमाण्डौंलाई खाल्डारहित बनाउनका लागि अभियान थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सो अभियान अन्तर्गत जडीबुटी मनोहरा पुलदेखि माइतीघर मण्डलासम्म मंगलबार राती खाल्डाखुल्डी भर्ने काम सम्पन्न गरिएको छ ।

सडक डिभिजन कार्यालय काठमाण्डौंको जिम्मेवारी अन्तर्गत यस खण्डका खाल्डा पुर्ने काम गरिएको कार्यालयले जनाएको छ ।

काठमाण्डौं शहरको सडकमा देखिने खाल्डाखुल्डीका कारण संघ र स्थानीय सरकारको आलोचना हुने गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *