सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय किन गर्‍यो ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १९

काठमाण्डौँ । सरकारले सूचीकरणमा नआएको भन्दै फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालका प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेको छ ।

गत साता सरकारले सात दिनको समय तोकेर दर्ताको आह्वान गरेको थियो । तर उक्त समयमा दर्ता नभएपछि सञ्चार मन्त्रालयले सूचीकरणमा नभएका सञ्जालहरु बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल बन्द गर्नु पर्ने कारण सुनाएका छन् । बिहीबार उनले मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै पृष्ठभूमिसहित सरकारले गरेको निर्णयबारे जानकारी गराएका हुन् ।

उनका अनुसार सरकारले सामाजिक सञ्जाल नियमन गर्नका लागि २०८० सालमै निर्देशिका जारी गरेको थियो । सो निर्देशिकामा नेपालमा सञ्चालन भएका सामाजिक सञ्जाल प्लेटफर्मलाई तीन महिनाभित्र सूचीकृत भएर अनुमतिपत्र लिनुपर्ने, हरेक तीनरतीन वर्षमा अनुमतिपत्र नवीकरण पनि गर्नुपर्ने, नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने लगायतका व्यवस्था छ ।

त्यस अनुसार मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मलाई पत्राचार गर्दै सूचीकरण गर्न भनेको थियो । तर त्यसको पालना भएको थिएन । सरकारले पाँच पटकसम्म सूचीकरणका लागि पत्राचार गरेको तर बेवास्ता गरिएको मन्त्री गुरुङले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *