
सोलुखुम्बु : सोलुखुम्बु जिल्लाको बिकास पूवाधार अन्तर्गत निकै नै महत्त्वपूर्ण रहेको मुख्य सडक खण्ड सल्लेरी – सेलगुडीडाडाँ – वाकु वासा – जुभिङ्ग – लुक्ला चौरीखर्क , सोलुदुधकुण्ड न . पा ११ तिङ्गला – सल्यान नेचा , थुलुङ दुधकोशी गा पा , नेले – बुडिडाडाँ सोताङ माहाकुलुङ , सल्लेरी – जुनबेसी – टाक्टोर – लामाजुरा लिखुपिके र स्वर्ण सगरमाथा चक्रपथ (गोल्डेन ट्याङ्गल ) खण्डको कामलाई छिटो भन्दा छिटो अगाडि बढाई बाकी रहेको ठाउँमा ट्याक ओपन र सडक निमार्ण भएको ठाउँको स्तरोन्रती गर्दै सडकलाई पिच गर्ने गरि आवश्यक प्रक्रिया अगाडि बढाउन र मन्त्रालय सगँको समन्वयमा थप बजेटको व्यवस्था गर्ने बारे सडक बिभागका नवनियुक्त माहानिदेशक (DG ) ई शिवहरी साप्कोटा सगँ संघिय माननीय हेम कुमार राई “ शुरविर ” ज्यु ले छलफलका साथै ध्यानाकर्षण गराउनुभएको छ । उक्त महत्त्वपूर्ण सडक खण्डको कामलाई पुर्णता दिने गरि बिभागका तर्फबाट प्राथमिकताका साथ मन्त्रालय सङ समन्वय गरि आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया