काठमाडौं । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ।
युवा नेताका रूपमा कांग्रेस राजनीतिमा सक्रिय गौचन दोस्रो कार्यकालका लागि मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो। सांसदका रूपमा उहाँले मुस्ताङका स्थानीय आवश्यकता, विकास निर्माण तथा जनसरोकारका विषयलाई संसद्मा निरन्तर उठाउँदै आउनुभएको छ।
पार्टीको जारी महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिएसँगै गौचनले अब पार्टीको केन्द्रीय नेतृत्वमा समेत आफ्नो भूमिका विस्तार गर्न खोज्नुभएको देखिन्छ। युवापुस्ताको प्रतिनिधित्व गर्दै पार्टी संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उहाँले उम्मेदवारी अघि बढाउनुभएको बताइएको छ।
मुस्ताङको प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा सक्रिय रहँदै आएका गौचनको सहमहामन्त्री पदको उम्मेदवारीलाई कांग्रेसको नयाँ पुस्ताको नेतृत्व सहभागितासँग जोडेर हेरिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्