|
२०८२ आश्विन १४
बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाडौँस्थित निङ्गलाशैनी मन्दिरको जात्रा हेरेर फर्किँदै गर्दा गुरूखोलामा बसको ठक्करबाट ३३ वर्षीया भागरथी लुहारको घटनास्थलमै मृत्यु भएको छ।
महाकाली यातायातको सु.प.प्र. ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डीएसपी दिपककुमार रायले जानकारी दिए।
घटनापछि आक्रोशित स्थानीय र मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका छन् भने सहमतिका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्