एसियन गेम्स उसुमा दीपक र अमर पहिलो चरणमै बाहिरिए

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ६

काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत उसुमा नेपालका दीपक हमाल र अमर सुनार पहिलो चरणबाटै बाहिरिएका छन्।

पुरुष नानछ्वान र नानगुन विधामा प्रतिस्पर्धा गरेका दीपक ९.६७३ अंकसहित १२औँ स्थानमा रहे। १८ खेलाडी सहभागी उक्त स्पर्धामा उनले ६ खेलाडीलाई मात्रै पछि पार्न सके।

त्यस्तै, पुरुष ६५ केजी तौल समूहमा अमर पहिलो खेलमै चीनका वाङ छेङजिनसँग पराजित भए। उनी १२ अंकभन्दा बढीको अन्तर अर्थात् ‘विन बाइ पोइन्ट डिफ्रेन्स’ मार्फत पराजित भएका हुन्।

यसअघि नेपालबाट सहभागी विजय सिन्जाली, हरिबहादुर गोले, सुस्मिता तामाङ, रिता ठकुल्ला र साविता राई पनि पहिलो चरणबाटै बाहिरिसकेका छन्।

नेपालबाट उसुमा राजीव तामाङ र सञ्जीव महर्जनले भने प्रतिस्पर्धा गर्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *