काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन्।
मंगलबार बिहान भएको वार्तामा नेपाल–मलेसिया वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानबारे छलफल भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।
वार्तामा प्रधानमन्त्री शाहले नेपाली श्रमिकका लागि मलेसियाको रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएका थिए। उनले मलेसियाको रोजगारी क्षेत्रमा रहेको भनिएको सिन्डिकेट र बिचौलिया प्रथा नेपाल सरकारलाई स्वीकार्य नरहेको स्पष्ट पारे।
शाहले समस्या समाधानका लागि दुवै देशका श्रम मन्त्रालयबीच प्रत्यक्ष वार्ता गरी स्थायी समाधान खोज्न आग्रह गरेका थिए।
मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरोधमा रहेको बताएका थिए। उनले यस विषयमा मलेसियाका श्रममन्त्रीलाई नेपाली समकक्षीसँग तत्काल समन्वय गरी ठोस निकास खोज्न निर्देशन दिने प्रतिबद्धता जनाएको सचिवालयले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्