काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट वृद्धको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २


२ असोज, काठमाडौं । बिहीबार बिहान काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट ६८ वर्षीय जसबहादुर मगरको मृत्यु भएको छ।

संखुवासभा घर भई बनस्थली बस्ने मगरलाई महानगर यातायातको बा.प्र. ०१-००६ ख ७५४३ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।

शवलाई सुरक्षाकर्मीले घेरेका छन् र कानुनी प्रक्रिया सकिएपछि पोस्टमार्टम गरिने ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *