त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ६

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ।

काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार मृतक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका अर्जुन दोङ तामाङ हुन्।

प्रहरीका अनुसार अर्जुनले अर्कै व्यक्तिको नाममा जारी सवारीचालक अनुमतिपत्र, नागरिकता र बैंक खाता प्रयोग गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यसअघि २०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा पनि उनी संलग्न रहेको र त्यसबेला सुनील तामाङको नाममा जारी लाइसेन्स प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ।

यस्तै, करिब तीन महिनाअघि मूलपानीमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा उनले दावा तामाङको नाममा जारी लाइसेन्स प्रयोग गरेको खुलेको छ।

अर्जुनले अन्य व्यक्तिका परिचयपत्र तथा कागजातसमेत प्रयोग गरेको हुन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *