|
२०८३ भाद्र ३१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले बाढी–पहिरोमा बेपत्ता भएका व्यक्तिका परिवारलाई बिमा रकम दाबी गर्न सहज हुने गरी मृत्यु दर्ताको प्रक्रिया सरल बनाउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले शव नभेटिएका बेपत्ताको मृत्यु प्रमाणित गर्न लामो कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले पीडित परिवार थप आर्थिक संकटमा परेको बताए ।
उनले मुलुकी देवानी संहितामा आवश्यक संशोधन गरी विपद्का कारण बेपत्ता भएकाको मृत्यु दर्ता छिटो गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्