लुक्ला जान हिंडेका रामेछाप विमानस्थलमा अलपत्र यात्रुलाई फाप्लु लगियो

DaksuMedia दाक्सु मिडिया
|
२०७९ आश्विन २४

प्रतिकूल मौसमका कारण रामेछापबाट लुक्ला जान कुरेका यात्रुलाई विकल्पका रुपमा फाप्लु लगिएको छ ।

तारा एयरले रामेछापबाट जहाजमा सोलुखुम्बु जान चाहने पर्यटक र यात्रुलाई फाप्लु लगिएको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार कतिपय पर्यटक सडक मार्गबाट समेत फाप्लु प्रस्थान गरेका छन् । फाप्लु पुगेका पर्यटक कतिपय पदयात्रा गरी लुक्लातर्फ लाग्ने छन् भने कतिपय हेलिकप्टरमा समेत लुक्ला जान सक्छन् ।

लुक्लाबाट काठमाडौं फर्कने गरी यात्रु संख्या भने अलपत्र नरहेको उनले जानकारी दिए । निरन्तरको वर्षाका कारण लुक्ला जाने तयारीमा रहेका हजारौं पर्यटक तथा गाइड र अन्य यात्रु रामेछापमै अलपत्र परेका थिए । अहिले काठमाडौंबाट लुक्लामा हुने दैनिक उडान रामेछाप सारिएको छ ।

लुक्लाको मौसम बिग्रिएका कारण हवाई उडान सम्भव नभएको हो । यो पर्यटकीय सिजन हो । खासगरी पदयात्रामा जाने पर्यटकहरु अहिले नेपालमा छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *