|
२०८३ भाद्र ३१
काठमाडौं । प्राकृतिक विपद्पछिको उद्धार, राहत, पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि दुईवटा सर्वदलीय संयन्त्र बनाउने निर्णय भएको छ ।
बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय गरेको हो । यसमा विभिन्न दलका प्रतिनिधि सहभागी हुनेछन् ।
त्यस्तै, संसद्भित्रका दलहरूको प्रतिनिधित्व रहने संसदीय समिति पनि एक साताभित्र गठन गर्न सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्