सप्तरीमा बसमा सवार एक यात्रुको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २

काठमाण्डौँ । सप्तरीको कञ्चनपुर क्षेत्रमा यात्रुबाहक बसमा सवार एक यात्रुको मृत्यु भएको छ ।

भैरहवाबाट विराटनगरतर्फ जाँदै गरेको लु २ ख ३४८५ नम्बरको यात्रुबाहक बसमा सवार तिरहुत गाउँपालिका ४ डिमन घर भएका ५५ वर्षीय महेश मुखियाको बाटोमै मृत्यु भएको हो ।

उनी विगत ३–४ दिनदेखि बिरामी रहेको र उनका श्रीमती ४५ वर्षीया दुखनी मुखियाले घर लैजाने क्रममा बिहीबार बसमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनले शुक्रबार बिहान बस चालकले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जानकारी गराएपछि प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा कुनै शङ्कास्पद अवस्था नदेखिएको बताए ।

मृतकको शव उनका भाइ उमेश मुखियाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *