काठमाडौं – चितवनको रत्ननगरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रत्ननगरस्थित हरिहर मन्दिर अगाडि स्कुल बसले ठक्कर दिंँदा मोटरसाइकलमा सवार दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर १ बकुलहरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा सोलुखुम्बुको टापटिङ्ग– ५ बस्ने चालक अनिल मगर र पछाडि सवार खोटाङ –९ का गौरव राई रहेका इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक प्रकाश शाहले बताएका छन्।
नारायणगढतर्फ जाँदै गरेको बा २ ख ५६७४ नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको बा ९२ प ५२०४ नम्बरको मोटरसाइकललाई हरिहर मन्दिर अगाडि ठक्कर दिएको प्रहरी निरीक्षक शाहले जानकारी दिएको छन्। उनका अनुसार ठक्करबाट घाइते भएका दुवैको उपचारका क्रममा मृत्यु भएको हो ।सवारी चालक फरार रहेको इलाका प्रहरीले बताएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया