काठमाडौं – भारतको उत्तर प्रदेश, बलरामपुर नजिक सुनौलीदेखि दिल्ली जाँदै गरेको यात्रुबाहक बसमा आगो लाग्दा कम्तीमा तीन नेपालीको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। बसमा ४५ जना यात्रु सवार थिए, जसमा अधिकांश नेपाली युवाहरू र परिवारका सदस्य थिए।
भारतीय प्रहरीले जनाएको छ कि बस राति करिब २ बजे दुर्घटनामा परेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार, बसले मालवाहक ट्रकसँग ठोक्किएर हाई–टेन्सन पोलमा ठोक्किएपछि सर्ट–सर्किट भएर आगो लागेको थियो। यात्रु धेरैजसो निद्रामा हुँदा आगोले भयावह स्थिति सिर्जना गर्यो। यात्रुहरूले सिसा फुटाएर बाहिर निस्केका थिए, तर केहीले समयमै बाहिर निस्कन नसक्दा जलेर मृत्यु भएको थियो।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनलाई स्थानीय अस्पताल तथा बहराइच मेडिकल कलेजमा उपचार भइरहेको छ। भारतीय अधिकारीहरूले शवको पहिचानका लागि थप परीक्षण आवश्यक रहेको जानकारी दिएका छन्।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्