वर्षाको सम्भावना कायमै, पहाडी क्षेत्रमा चट्याङसहित पानी पर्ने अनुमान

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ११

काठमाडौं । मनसुनी प्रणालीको प्रभाव अझै कायम रहेकाले आइतबार देशका विभिन्न भूभागमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दिउँसो अधिकांश समय आकाशमा बादल रहने अनुमान गरिएको छ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा पनि मौसम बदली रहनेछ भने तराईका केही भूभागमा आंशिक बदली रहने बताइएको छ।

रातिको समयमा सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली क्षेत्रमा बादल लाग्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा वर्षा हुन सक्नेछ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

हाल पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थान तथा बागमती र कर्णालीका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *