पश्चिमी वायुको प्रभाव: पहाडमा बदली, तराईमा हुस्सुको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ६

काठमाडौँ, फागुन ६ – देशमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विभिन्न प्रदेशमा मौसमको अवस्था फरक–फरक रहनेछ।

हाल तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ। अन्य धेरै स्थानमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ।

आज राति पनि तराईमा तुवाँलो कायम रहने सम्भावना रहेको छ। मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *