|
२०८३ आश्विन १४
काठमाडौँ : आज देशका अधिकांश भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी र पश्चिमी वायुको प्रभावका कारण विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा मौसममा बदली देखिनेछ।
कोशी र बागमती प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा हुने सम्भावना छ। यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली तथा पहाडी स्थानमा पनि हल्का वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने सम्भावना छ भने अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्