पश्चिमी वायुको प्रभाव: कोशीका हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २९

काठमाडौँ । देशभर अहिले पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य अधिकांश भू–भागमा मौसम प्रायः सफा छ।

आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली कायम रहनेछ भने अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका धेरैजसो स्थानमा भने मौसम खुला रहनेछ।

विशेषगरी कोशी प्रदेशका उच्च पहाडी र हिमाली एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

राति भने तराईका केही क्षेत्रमा तुँवालो लाग्ने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *