तिहारमा जुवातासको धन्दा, १० जिल्लाबाट ११० जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २४, २०८३

काठमाडौं । तिहारको समयमा जुवातास र कौडा खेल्नेविरुद्ध प्रहरीले चलाएको कारबाहीमा देशका १० जिल्लाबाट ११० जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १३ लाख ४९ हजार ९४१ रुपैयाँ नगद, तास र कौडा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार १५ वटा छुट्टाछुट्टै स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको हो। भक्तपुर, काठमाडौं, झापा, चितवन, सर्लाही, धनुषा, कञ्चनपुर, कास्की, धनकुटा र कपिलवस्तुबाट जुवाडे पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *