|
कार्तिक २४, २०८३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाने भएका छन्। तिहारका कार्यक्रम सम्पन्न गरेपछि उनी छठको मुख्य अवसर पारेर मधेस पुग्न लागेका हुन्।
सचिवालयका अनुसार थापाले सर्लाहीका विभिन्न स्थानमा रहेका छठ घाटमा पुगेर पूजाआजामा सहभागिता जनाउनेछन्। साथै स्थानीय नागरिक, मतदाता तथा पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गरी पर्वको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम छ।
यसअघि उनले नेपाल संवत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा सहभागिता जनाउनुका साथै म्हः पूजा गरेका थिए। भाइटीका पारिवारिक रूपमा मनाएपछि थापा छठका लागि सर्लाही जाने तयारीमा छन्। गत फागुन २१ गतेको निर्वाचनमा उनी सर्लाही–४ बाट उम्मेदवार बनेका थिए।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्