|
कार्तिक २७, २०८३
काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले गण्डकी प्रदेशमा आफ्नो १५औँ प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ ।
पोखरास्थित दीपेन्द्र सभागृहमा हुने अधिवेशनको उद्घाटन नेता शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ । अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट गरी १ हजार ६०१ प्रतिनिधि सहभागी हुनेछन् ।
अधिवेशन व्यवस्थापनका लागि सातवटा उपसमिति गठन गरिएको छ । आयोजकले सहभागीका लागि खाना र नास्ताको व्यवस्था गर्ने भए पनि आवासको व्यवस्था भने प्रतिनिधि आफैँले गर्नुपर्ने जनाएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्