|
कार्तिक २४, २०८३
काठमाडौं । तिहारको पाँचौँ दिन आज कार्तिक शुक्ल प्रतिपदाका अवसरमा गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मनाइँदैछ।
यस दिन घरआँगनमा गाईको गोबरबाट पर्वत बनाई गोवर्द्धनका रूपमा पूजा गर्ने परम्परा छ। भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई वर्षाबाट बचाएको धार्मिक विश्वासमा यो पूजा गरिँदै आएको हो।
त्यस्तै, वर्षभरि खेतीपातीमा सहयोग गर्ने गोरुलाई मीठा परिकार खुवाएर पूजा गरिन्छ। कृषि कर्ममा संलग्न हलि तथा किसानलाई समेत सम्मान गर्ने चलन छ। यही कारण आजको दिनलाई हलि तिहार पनि भनिन्छ।
धार्मिक मान्यताअनुसार आज बली राजाको समेत पूजा गरिन्छ। यही परम्परासँग देउसी खेल्दा ‘बली राजाले पठाए’ भन्दै भट्याउने चलन जोडिएको छ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्