खैरो हेरोइनसहित चार जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २१, २०८३

सुर्खेत । सुर्खेतबाट १२.०२ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले वीरेन्द्रनगर–१३ करे खोलाबाट उनीहरूलाई पक्राउ गरेको हो । सुरुमा दुई जनालाई ३.१९ ग्राम लागुऔषधसहित नियन्त्रणमा लिइएको थियो । थप अनुसन्धानका क्रममा अन्य दुई जना पनि ८.८३ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये एक जनाको साथबाट सशस्त्र प्रहरी सहायक हवल्दारको परिचयपत्र र अर्काको साथबाट सशस्त्र प्रहरी परिचरको नियुक्तिपत्रसमेत फेला परेको प्रहरीले जनाएको छ ।

चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *