|
कार्तिक १९, २०८३
काठमाडौँ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५३६ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ६१, तीव्र गतिमा चलाउने १०५ र रातो बत्ती उल्लंघन गर्ने १० जना चालक कारबाहीमा परेका हुन्।
त्यस्तै, सीसीटीभी निगरानीबाट २१, हर्न निषेध उल्लंघन गर्ने ६, लेन क्रस गर्ने १ र एकतर्फी सडकमा नियमविपरीत चलाउने २ जना कारबाहीमा परेका छन्। अन्य कसुरमा ३१० जना चालक कारबाहीमा परेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्