|
कार्तिक १९, २०८३
काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले स्वदेशी फूलको बिक्रीका लागि ३३ स्थान निर्धारण गरेको छ। महानगरभित्र जथाभावी फूल बिक्री गर्नुभन्दा तोकिएका स्थानबाट कारोबार गर्न किसान तथा विक्रेतालाई आग्रह गरिएको छ।
महानगरका अनुसार नयाँ बानेश्वर, चाबहिल, सुन्धारा, कलङ्की, कालीमाटी, महाराजगञ्ज, बालुवाटारलगायत क्षेत्रमा फूल बिक्रीको व्यवस्था मिलाइएको छ। किसानले तीनकुने र सिफल चौरमा समेत फूल बेच्न पाउनेछन्।
स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउने र नेपाली किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको महानगरले जनाएको छ। साथै प्लास्टिकका फूलमाला तथा पुष्पगुच्छाको बिक्री वितरणमा प्रतिबन्ध रहेकाले स्वदेशी प्राकृतिक फूलको कारोबार गर्न आग्रह गरिएको छ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्