‘टाइम’को प्रभावशाली सूचीमा स्वर्णिम वाग्ले, रास्वपाले दियो बधाई

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २४, २०८३

काठमाडौं । अमेरिकी पत्रिका ‘टाइम’ले जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा समेटेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बधाई दिएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै वाग्लेको अन्तर्राष्ट्रिय भूमिकाको प्रशंसा गरेका हुन्। जलवायु न्याय, वित्त परिचालन तथा बाढीबाट प्रभावित समुदायका मुद्दालाई विश्वमञ्चमा उठाउन उनले गरेको पहल नेपालको हितमा महत्त्वपूर्ण रहेको पार्टीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *