|
२०८३ कार्तिक २
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
आइतबार बिहान काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको सुमो अनियन्त्रित भएर नदीमा खसेको हो। दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
सुमोमा १० जना सवार रहेको बताइएको छ। दुर्घटनापछि चार जनाको उद्धार गरी उपचारका लागि घुर्मीस्थित स्थानीय स्वास्थ्य संस्थातर्फ पठाइएको छ भने बेपत्ताको खोजी भइरहेको छ।
खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलका गोताखोरसहितका टोली र नेपाल प्रहरी परिचालन गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्