रसुवामा इभी भोटेकोसीमा खस्यो, चालकको खोजी जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १०

काठमाडौं, श्रावण १० — रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसी नजिक भोटेकोसी नदीमा एक विद्युतीय गाडी खस्दा चालक बेपत्ता भएका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार चीनबाट आयात गरिएको एसआरएम कम्पनीको इभी काठमाडौं ल्याउने क्रममा दुर्घटनामा परेको हो। घटनामा कालिका गाउँपालिका–३ का २२ वर्षीय सविन तामाङ सम्पर्कविहीन भएका छन्।

दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नदी र आसपासका क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ। प्रशासनले कठिन भौगोलिक अवस्थाबीच खोजी कार्यलाई तीव्र बनाइएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *