हर्क साम्पाङको आशङ्का : जीबी राईको अडियोले अर्को प्रकरण ओझेलमा पार्न खोजिएको हो?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ कार्तिक २

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जीबी राईको नाममा सार्वजनिक भएको अडियोको समय र उद्देश्यलाई लिएर प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै साम्पाङले उक्त अडियो प्रायोजित हुन सक्ने आशङ्का व्यक्त गरेका हुन् । उनले यसलाई खगेन्द्र सुनारसँग सम्बन्धित अडियो प्रकरणबाट जनताको ध्यान अन्यत्र मोड्ने प्रयासका रूपमा समेत व्याख्या गरेका छन् ।

जीबी राईको भनिएको अडियो सार्वजनिक हुनुको पछाडिको उद्देश्यबारे प्रश्न उठाउँदै साम्पाङले यसको सन्दर्भलाई शङ्कास्पद रूपमा प्रस्तुत गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जीबी राईको अडियो प्रायोजित हुन सक्छ ! खगेन्द्र सुनारको अडियो विषयान्तर गर्ने बहाना!’

यद्यपि, उक्त अडियो प्रायोजित भएको वा विषयान्तर गर्ने उद्देश्यले सार्वजनिक गरिएको भन्ने दाबीको स्वतन्त्र पुष्टि भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *