सुनकोशीमा पानीको बहाव बढ्यो, नदी किनारका बस्तीमा जोखिम

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १४

सिन्धुली । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको सतह बढेर सतर्कता तह पार गरेको छ। खुर्कोटस्थित जलमापन केन्द्रमा आइतबार बिहान ६ः५० बजे पानीको सतह ७.६९ मिटर पुगेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त स्थानमा ७.५ मिटरलाई सतर्कता र ८.६ मिटरलाई खतराको तह मानिन्छ।

जलसतह अझै बढ्न सक्ने भएकाले सिन्धुली र रामेछापका नदी किनार तथा होचा भूभागमा डुबान र कटानको जोखिम रहेको विभागले जनाएको छ। तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक सुरक्षा तयारी गर्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *