|
२०८३ भाद्र ७
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङको राजनीतिक शैली आफ्नो पार्टीको धारसँग नजिक रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले तामाङले उठाइरहेका विषय प्रतिपक्षी राजनीतिक धारसँग मेल खाने दाबी गरेका छन्। उनले तामाङको विद्रोही स्वभाव श्रम संस्कृति पार्टीसँग मिल्ने भन्दै उनी रास्वपाको उम्मेदवार बनेको विषयलाई समेत व्यंग्यात्मक रूपमा टिप्पणी गरेका छन्।
साम्पाङका अनुसार तामाङले खोजेको राजनीतिक उद्देश्य श्रम संस्कृति पार्टीबाट अझ प्रभावकारी रूपमा अघि बढ्न सक्ने उनको बुझाइ छ। यद्यपि, उनले आफूले व्यक्त गरेको धारणा व्यक्तिगत रहेको स्पष्ट पार्दै यसलाई अन्यथा नलिन आग्रह गरेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्