|
२०८२ चैत्र २३
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई फेवातालको २० रोपनी जग्गा प्रकरणमा सार्वजनिक रूपमा प्रश्न उठाएका छन्।
साम्पाङले यस विषयलाई “नैतिकताको सवाल” भन्दै पत्रकार सम्मेलन राखेर सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेका छन्। उनले जेनजी आन्दोलनका दोषी र जीबी राईको पक्राउ सुनिश्चित गर्नुपर्ने पुराना मागहरू पनि स्मरण गराएका छन्।
साम्पाङले आफ्नो प्रश्न व्यक्तिगत नभई व्यावसायिक र कानुनी उद्देश्यमा आधारित भएको स्पष्ट पारेका छन्। उनले गृहमन्त्री गुरुङलाई सदनमा उठाएका मुद्दाहरू नबिर्सन स्मरण गराएका छन् र सामाजिक सञ्जालमा फैलिएको जग्गासम्बन्धी खबरले “नमज्जा” लागेको उल्लेख गरेका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्