वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध, यातायात प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १०

काठमाडौं — बाढी, पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ।

नेपाल प्रहरीका अनुसार बिपी राजमार्ग, कान्ति लोकपथ, मेची राजमार्ग, अरनिको राजमार्ग, पासाङ ल्हामु सडकखण्ड तथा जोमसोम–कोरला सडकका विभिन्न भागमा पहिरो, हिलो र कटानका कारण अवरोध सिर्जना भएको छ।

सिन्धुपाल्चोक, इलाम, रसुवा र मुस्ताङलगायत क्षेत्रमा सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने काम जारी राखेको प्रहरीले जनाएको छ।

प्रहरीले मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *