वर्षा र पहिरोको असर, आठ सडकखण्डमा यातायात प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ६

काठमाडौं — लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न स्थानका आठ प्रमुख सडक तथा राजमार्गमा यातायात सेवा प्रभावित भएको छ।

नेपाल प्रहरीले जोखिम न्यूनीकरणका लागि केही सडकमा पूर्ण रोक र केहीमा समय तोकेर सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ। बीपी राजमार्ग, कान्तिलोकपथसहित अरनिको राजमार्ग, मेची राजमार्ग, कालीगण्डकी करिडोर लगायतका सडकखण्ड पहिरो र बाढीका कारण प्रभावित भएका छन्।

प्रहरीका अनुसार यात्रुको सुरक्षा र सम्भावित क्षति रोक्न सडक अवस्था सुधार नभएसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *