वर्षा र पहिरोको असरः देशका विभिन्न राजमार्गमा यातायात प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १७

काठमाडौं, श्रावण १७ — लगातारको वर्षासँगै आएको पहिरो, बाढी र नदी कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमका कारण केही स्थानमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

नेपाल प्रहरीका अनुसार बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्ड र कान्तिलोकपथमा निश्चित समयका लागि सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। यस्तै, इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामासाँघु–रामेछाप सडक, रसुवाको पासाङ ल्हामु राजमार्ग तथा गोरखाको लार्के–बेनीघाट सडक पहिरो र नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

प्रहरीले वर्षायाममा पहिरो र बाढीको जोखिम अझै कायम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सबै यात्रुलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *