|
२०८३ भाद्र ६
काठमाडौं : लगातारको वर्षासँगै खसेको पहिरोका कारण म्याग्दी र मनाङका दुई महत्वपूर्ण सडकखण्डमा यातायात पूर्णरूपमा रोकिएको छ।
म्याग्दीको रघुगङ्गा–२ बैसरीमा बिहान करिब ५ः३० बजे सडक माथिबाट लेदोसहित पहिरो खसेपछि बेनी–जोमसोम सडक बन्द भएको हो।
यस्तै, मनाङको नासो–३ खोत्रोमा बिहान करिब ३ बजे पहिरो खस्दा चामे–बेँसीसहर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
दुवै स्थानमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्