|
२०८३ श्रावण २
जनकपुरधाम : धनुषा प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई तीव्र बनाउँदै एक साताको विशेष अभियानमा १२५ फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार असार २५ देखि साउन १ गतेसम्म विभिन्न मुद्दामा कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका सबैलाई कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी खोजी अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने स्पष्ट पारेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्