कर्तव्य ज्यान मुद्दाका २० वर्ष सजाय तोकिएका फरार घर्तीमगर पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १९

कैलाली, असार १९ — नेपाल प्रहरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएर फरार रहेका धनबहादुर घर्तीमगरलाई पक्राउ गरेको छ।

कैलालीको टीकापुर नगरपालिका–१ वनगाउँका करिब ४५ वर्षीय घर्तीमगरलाई पक्राउ गरी सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कैलाली जिल्ला अदालतले वि.सं. २०५६ चैत १३ गते उनलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकेको थियो। तर वि.सं. २०६१ माघ २७ गते कैलाली कारागारबाट फरार भएका उनी लामो समयदेखि खोजी सूचीमा रहेका थिए।

पक्राउ परेका घर्तीमगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *